मुगु । कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ ।
नाग्म गमगढी सडकखण्डको जुम्लाको गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो । बिहान ६ बजेतिर मुगु तर्फ आउदै गरेको जिप जुम्लाको कनकासुन्दरी गाउँपालिका - ४ छलपुनेरा भन्ने स्थानमा भे १ ज १०९९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
जिप सडकबाट करिब ३ सय मिटर तल खसेको र जिपमा २ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
दुर्घटना परी मुगुका दुई जनाको घटनास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार घटनास्थलमै चालक र सहचालक दुवैको मृत्यु भएको हाे भने मृतकको पहिचान भने खुल्न सकेकाे छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच