गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर- २ दर्लिङ्ग निवासी ६० वर्षीय हिरा बहादुर घर्ती रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शनिबार साँझ ७:३० बजेको समयमा आफ्नै घरमा चट्याङ लागेर घाइते हुनुभएका घर्तीको स्थानिय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । घाइते घर्तीको अवस्था सिरियस रहेको हुँदा थप उपचारको लागि गुल्मी अस्पतालमा लगिएको थियो ।
अस्पतालमा ल्याउन साथ डाक्टरले घर्तीको मृत्यु भएको घोषणा गरेका थिए । घर्तीको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच