एन्जल्स हार्ट र ज्ञान निकेतन फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एञ्जल्स हार्ट र ज्ञान निकेतन दशौं ग्रीनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । एञ्जल्स हार्टले आयोजक ग्रीनफिल्ड नेसनल स्कुललाई २७-२५ को साँघुरो अन्तरले पराजित गर्‍यो । एञ्जल्स हार्टको जितमा अदित पुनले आठ अंक योगदान गर्नुभयोे । जेसन घलानको १२ अंक सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई २५-२३ को झिनो अन्तरले हरायो ।

सिनियर ब्वाइजमा ग्रीनल्याण्ड र जेनिथले उपाधि भिडन्त पक्का गर्नुभयो । ग्रीनल्याण्डले ज्ञान निकेतनलाई ७९-६१ ले पाखा लगायो । ग्रीनल्याण्डका सविन गुरुङले ३४ स्कोर गर्नुभयो । जेनिथले जेबी इंग्लिश स्कुलमाथि ५९-५८ को कठिन जित दर्ता गर्‍यो । जेनिथका लागि सुशील शाहीले २३ अंक जोड्नुभयो ।

सिनियर गल्र्समा भ्याली पब्लिक र संस्कृति उपाधिका लागि भिड्ने भएका छन् । भ्याली पब्लिकले जेसिस इन्टरनेसनललाई ४१-१२ ले सहजै पन्छायो । भ्याली पब्लिककी मुस्कान गुरुङले १८ स्कोर गर्नुभयो । रिब्सविरुद्धको प्रतिस्पर्धामा संस्कृति २४-११ ले विजयी भयो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?