काठमाडौं । लगातार चार जित हात पार्दै नेपाल आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार मलेसियामा भएको खेलमा नेपालले चौँथों खेलमा कतारलाई ९ विकेटले पराजित गरेको हो । यससँगै समूह ‘ए’ मा रहेको नेपालले चार खेलबाट ८ अंक जोडेको छ ।
नेपालले समूह चरणको अन्तिम खेल यूएईविरुद्ध बुधबार खेल्नेछ । यस खेलले समूह विजेताको समेत टुंगो लगाउनेछ ।
सोमबारको खेलमा ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा केवल एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा काजल श्रेष्ठले ३२, इन्दु वर्माले २० तथा सीता राना मगरले १७ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । कतारका लागि सच्ची धादवलले सर्वाधिक २१ तथा अलिना खानले १५ रन जोडे ।
नेपालका लागि इन्दु वर्माले ३ तथा पूजा महतो र कविता जोशीले एकएक विकेट हात पारे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच