नेकपा एमाले लुम्बिनी प्रदेशको निर्वाचन आज हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अधिवेशन आज हुँदैछ ।

अधिवेशनअन्तर्गत मंगलबार निर्वाचन हुने एमालेले जनाएको छ । जसअन्तर्गत  बिहान ८ बजेबाट मतदान सुरू हुने जनाइएको छ ।

सोमबार रातिबाट मतदान हुने बताइए पनि प्राविधिक तयारी नपुगेपछि मंगलबार बिहानलाई सरेको थियो।

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल चुनावी मैदानमा हुनुहुन्छ ।

पाँच पदाधिकारीका लागि १४ जनाको उम्मेदवारी परेको छ। सचिवमा लक्ष्मण आचार्य सोमबार नै निर्विरोध भइसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?