ब्राजिलमा चक्रावतका कारण अहिलेसम्म २१ जनाको मृत्यु, सयौं घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

रियो दि जिनरियो । ब्राजिलमा चक्रवातका कारण आएको भीषण वर्षा र हावाले हंगामा मच्चाएको छ ।

दक्षिणी ब्राजिलमा यस प्राकृतिक प्रकोपका कारण हालसम्म कम्तीमा २१ जनाको ज्यान गएको छ, सयौंजना सो चक्रावतमा परी घाइते भएका छन् ।

यससँगै अविरल वर्षाले बाढीको तीव्रतालाई थप बढाए पछि प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा समेत कठिनाइ भएको छ ।

ब्राजिलका गभर्नर रियो ग्रान्डे डो सुलले यसलाई आफ्नो राज्यको सबैभन्दा खतरनाक मौसमी प्रकोप भनेका छन्। अधिकारीहरुका अनुसार धेरै क्षेत्रमा हजारौं मानिसहरु आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् । आलम भनिने ५ हजार जनसङ्ख्या भएको मुकुम नामको सानो सहरमा अधिकांश मानिस घरको छतमा थुनिएका हुन् । तीमध्ये अधिकांशलाई हवाई सहायताबाट बाहिर निकालिएको छ। यस सहरको ८५ प्रतिशत क्षेत्र बाढीको पानीमा डुबेको बताइएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले संघीय सरकार राज्यलाई सहयोग गर्न तयार रहेको बताएका छन् । रियो ग्रान्डे डो सुलका गभर्नर एडुआर्डो लेइटले पत्रकार सम्मेलनमा भने कि राज्यमा विगत २४ घण्टामा ३०० मिलिमिटर (११ इन्च) वर्षा भएको छ। जसका कारण धेरै ठाउँमा बाढी र पहिरो गएको छ ।

उद्धारकर्मीहरूले मानिसहरूलाई बाहिर निकाल्न हेलिकप्टर प्रयोग गर्नुपरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?