कागजी प्रगति होइन, महसुस हुने प्रगति अहिलेको आवश्यकता : मुख्यमन्त्री चौधरी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिसत मात्रै हिसाव गरेर नवस्न सरकारी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ।

उहाँले कर्मचारी र कार्यालय भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रीत हुन नहुने भन्दै कागजी प्रगति भन्दा पनि महसुस हुने प्रगति अहिलेको आवश्यकता रहेको बताउनु भयो । 'हामी प्रतिशतको काममा अल्झिएका छौँ, उहाँले भन्नुभयो, कर्मचारी साथीहरुले त्यता तिर पनि ध्यान दिनुस् ।' कार्यसम्पादन र गुणस्तरमा ध्यान दिन समेत मुख्यमन्त्रीले निर्देशन दिनुभयो ।

प्रदेशले गौरवको रुपमा लिएको कार्यक्रम मुख्यमन्त्री आर्थिक विकास कार्यक्रको छलफल कार्यक्रममा कर्मचारीहरुलाई मुख्यमन्त्रीले यस्तो निर्देशन दिनु भएको हो। मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमले नयाँ रोजगार सृजना गर्ने कार्यक्रम मात्रै सञ्चालन गर्ने र त्यहि अनुसार योजना र नीति बनाउन निर्देशन दिनु भयो।

उहाँले उत्पादनसँग जोडेर कार्यक्रमहरु सञ्चालन गर्न र उत्पादनमुखी कार्यक्रम निर्माण गर्न आग्रह गर्नु भयोे । यसका लागि आवश्य विज्ञहरुको व्यवस्थापन गर्न समेत निर्देशन गर्नु भयो ।

प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजाने र नागरिकलाई रोजगारीमा जोडने मुख्यध्यय सरकारको रहेको भन्दै त्यसतर्फ नै केन्द्रित रहन उहाँको आग्रह थियो । स्थानीय उत्पादहरुलाई बजारीकरण गरी स्थानीय स्तरमा रहेका जनताको जिवनतर परिवर्तन गर्न सकने गरी काम गर्न आग्रह गर्नुभयोे ।

लुम्बिनी प्रदेशमा उत्पादन भएका विभिन्न सामाग्रीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पु¥याउने गरि योजना बनाउनु पर्ने वताउनु भयो।
कृषिमा नयाँ पद्दति र नयाँ व्यवसाय र व्यवसायीकरणलाई प्राथमिकता दिने गरि समेत सरकारले कार्यक्रम ल्याउने वताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?