विमानस्थलमा नयाँ ट्रली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले थप पाँच सयवटा ट्रली खरिद गरेको छ । प्रयोगमा रहेका अधिकांश ट्रली ब्रेक नलाग्ने, ब्यागेज ट्रली बिग्रेकाले दुर्घटनाको जोखिम बढेपछि नयाँ ट्रली खरिद गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

नयाँ ट्रली सञ्चालनसँगै विगतमा यात्रुले ट्रलीबारे गर्ने गरेको गुनासोको सम्बोधन हुने बताइएको छ । विमानस्थलका अनुसार ट्रलीका लागि मर्मत पार्ट्स पनि मगाइएको र पार्ट्स आगामी दुई सातामा आइपुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?