रग्बीमा मकवानपुर सफल

हिमालय टाइम्स
Read Time = 2 mins

हेटौंडा । मकवानपुरको पुरुष र महिला टोली हेटौंडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा सम्पन्न सेमिफाइनलमा मकवानपुरले महिलातर्फ चितवन र पुरुषमा रामेछापमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका हुन् । महिलातर्फ मकवानपुरले चितवनलाई ४९-० को फराकिलो अन्तरले हरायो । मकवानपुरको जितमा मनिषा घिसिङ एक्लैले पाँच ट्राइ गर्नुभयो । पुष्पा खड्का तीन ट्राइ र सृसा लोप्चन एक ट्राइ गर्न सफल हुनुभयो ।

पुरुषमा भने मकवानपुरले रामेछापमाथि २५-० ले हराउँदा विशेक बछार, सुजन लोप्चन, विक्रम भारती र अभि राईले समान एक ट्राइ गर्नुभयो । महिलाकै अर्को सेमिफाइनलमा ललितपुरले काठमाडौंमाथि ७-० स्कोरको जित निकाल्दै मकवानपुरसँगको भेट पक्का गर्‍यो । पुस्तिका वाग्लेले एक ट्राइ र एक कनभर्जन किक प्रहार गर्नुभयो । पुरुषकै अर्को सेमिफाइनलमा भक्तपुरले काभ्रेलाई २९-० स्कोरले हरायो । भक्तपुरका लागि गणेश बानियाँले तीन ट्राइ, सुरज रानाले दुई ट्राइ र निरज कार्कीले दुई कनभर्जन किक प्रहार गर्नुभयो । पुरुषतर्फ आठ जिल्ला र महिलामा पाँच जिल्लाले प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?