काठमाडौं महानगरपालिकामा डेढ लाख मतगणना हुँदा बालेनको मत ५० हजार कट्यो

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५० हजार ६१ मत प्राप्त गरिसक्नुभएको छ । उहाँलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार २९३ मत प्राप्त गर्नुभएको छ । सिर्जनाले भन्दा बालेनले १८ हजार ७६८ बढी मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३१ हजार २९३ मत प्राप्त गर्नुभएको छ । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ८३० मत ल्याउनु भएको छ । आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ४० हजार १५५ मत गणना गर्न बाँकी रहेको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?