इलाम । इलाम सदरमुकाममा रहेकोे फाल्गुनन्द सुकिलुम्बा बिमानस्थलमा जेठ यता आईतवार पहिलाे पटक बिहान विमान अवतरण भएको छ । काठमाडौंबाट ५ जना यात्रु लिएर आएको नेपाल एयरलाइन्सको ट्विनअटर विमानले इलामबाट एक जना यात्रु लिएर फिरेको हो ।
इलामबाट ८७ बर्षिय तेजप्रसाद भट्टराई एक्लै काठमाडौं उड्नु भएको हो। उपचारका लागि काठमाडौं हिड्नुभएका भट्टराई आज बिहानै बिमानस्थल पुग्नुभएको थियो । दुई छोरा साथमा लिएर बिमानस्थल पुग्नुभएका उहाँ काठमाडौ जाने यात्रुका रुपमा भने एक्लै हुनुभयो ।
जेठो छोराको घरमा जाने तयारी गर्नुभएका बुबालाई बिमानस्थल सम्म पुर्याउन उहाँका कान्छा छोरा पंकज आउनु भएको थियो । हिमालय टाइम्ससँगको कुराकानीमा पंकजले भन्नुभयो “बुबालाई लाई काठमाडौ जान हवाई जहाज चडाउन गएको थिए तर उक्त जहाजमा त! बुबा मात्र यात्रु हुनुहुँदो रहेछ । संयोगले हो या अरु केही भएर हो । अरु कोहि नभएपछी पाईलटको साथ लगाएर बुबालाई पठायौं, करिब १ घन्टामा काठमाडौ पुग्नु भयो, उहाँ ठूलो दादाले बुबालाई रिसिभ गर्न बिमानस्थलसम्म आउनुभएको थियो ।”
प्रत्येक बिहीबार इलाम–काठमाडौ उडान गर्दै आएको नेपाल एयरलाइन्सले गत जेठ २२ गते यता इलाम उडान गरेको थिएन । असोज लागेपछि नै नियमित उडान सञ्चालन हुने भनिए पनि मौसमको कारण देखाउदै विमान आएको थिएन । विमान नियमित नआएकै कारण यात्रुुहरु नभएका हुन् । पुर्ण रुपमा बिमानस्थल निर्माण सम्पन्न नभईसकेको र बिमानस्थल भएको स्थानको मौसम बर्खायाममा खराब हुने भएकाले पनि उडान भर्न समस्या हुने गरेको नागरिक उड्यन प्राधिकरणको भनाई छ ।
सुरुवाती समयमा इलाम नगरपालिकाले तारा एयरसँग सहकार्य गर्दै लगानीसमेत गरेर विमान सञ्चालन गरेको थियो । पछि नेपाल एयरलाइन्सले उडान थालेको हो ।
यो बिमानस्थलमा तारा एयरको ट्वीनेटर जहाजले कच्ची धावनमार्गमा ०७५ जेठ २१ मा परीक्षण उडान गरेको थियो । ०७८ माघ २६ गते नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयहरू नियमित उडान नहुँदा निराश छन् । ३ सय २८ रोपनी जमिन लिएर निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो ।
बिमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थलको धावनमार्ग निर्माण पूरा भएको हो । बिमानस्थलमा अझै टर्मिनल भवन, बिमानस्थलसम्म पुग्ने पक्की सडक लगायतका संरचना निर्माण गर्न बाँकी छ ।
बिमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएको छ । स्थानीयस्तरबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका २८ करोड रुपैयाँ भन्दा धेरै खर्च भएको छ ।
विमानस्थल सञ्चालनमा आएमा इलामसँगै पाँचथर, तेहथुम सहित भारतको दार्जेलिङका नागरिकहरूले सेवा पाउने अपेक्षा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच