कविता : मातृऔंसी विशेष

हिमालय टाइम्स
Read Time = 1 min

✍️ प्रतिभा शर्मा (रेग्मी)

आमा तिम्रो पैताला नै, मेरो स्वर्ग हो
तिम्रो जप पूजा गर्नु नै मेरो धर्म हो ।
तिमी जसै मुस्काउछेउ, मोती झर्छ नि ।
तिमी दुःखी हुँदा, मेरो आकाश रुन्छ नि ।।

नारी कम छैनन् मैले, तिमीबाटै सिकेँ ।
तिमीले जे दियौ काम त्यही मैले बोकेँ ।
नारीपुरुष रथका दुई पाङ्ग्रा तिमी भन्छ्यौ नि ।
त्यही व्यवहार हरपल तिमीबाट पाएँ नि ।।

तिम्रो सङ्घर्ष कुनै ग्रन्थभन्दा कम थिएन ।
राष्ट्रले तिमीबाट मात्र लियो केही दिएन ।
आजको यो विशेष दिनमा श्रद्धा तिमीलाई ।
लाखौं लाख शाब्दिक गुच्छा तिमीलाई ।
लाखौं लाख शाब्दिक गुच्छा तिमीलाई ।।

समाखुसी, काठमाडौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?