फागुन २७ र २८ मा नेपाल रेडक्रसको विधान अधिवेशन गर्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले आगामी फागुनको अन्तिम साता विधान अधिवेशन गर्ने भएको छ ।

सोसाईटीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नेपालको संविधान, अन्तर्राट्रिय आधारभुत मापदण्ड र राष्ट्रिय आवश्यकताका आधारमा विधान संशोधनका लागि आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने कार्यसूचि तय गरिएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले बताउनु भयो ।

त्यसका लागि सोसाइटीले मस्यौदा तयारी पारी मातहतका प्रदेश, जिल्ला र उपशाखास्तरमा सुझाव संकलनका लागि पठाइसकिएको पनि उहाँले बताउनु भयो । त्यसैगरी रेडक्रसले विभिन्न जिल्लामा रहेका आफ्ना सम्पतीहरूको व्यवस्थापन तथा उच्चतम प्रयोग गरी आय वृद्धि गर्दै मानवीय सहायताका क्षेत्रमा उपयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ । महामन्त्री श्रेष्ठले रेडक्रसको कानून निर्माणको काममा पनि ढिलाई नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ नेपाल रेडक्रस सोसाइटीको कानुन निर्माणको लागि नेपाल सरकारका सम्बद्ध मन्त्रालय, विभाग र सरोकारवाला अधिकारीहरूसँग थप छलफल, सम्बाद एवम् समन्वय गर्दै नेपाल रेडक्रसको कानून निर्माण कार्य सम्पन्न गर्ने । नेरेसोको कानून निर्माणका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिवको संयोजकत्वमा ७ सदस्यीय कानून मस्यौदा समति गठन भएकोमा सो समितिमा नेरेसोका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपाल सदस्य रहनुभएको छ । नेपाल रेडक्रस सोसाइटीको मौजुदा विधान र नियमावलीहरू समय सापेक्ष परिमार्जन÷अनुकूलन गरी संस्थागत रूपान्तरणमार्फत सेवा प्रवाहमा अझ दु्रतता ल्याउने । नेपालको संविधान, अन्तर्राट्रिय व्यष्लत क्तबतगतभक ऋयmmष्ततभभ का आधारभूत मापदण्ड र राष्ट्रिय आवश्यकताका आधारमा नेरेसोको विधान संशोधनका लागि मस्यौदा तयार भइ नेरेसोका प्रदेश, जिल्ला र उपशाखास्तरमा सुझाव संकलनका लागि पठाइएको छ । सबै निकायबाट सुझाव प्राप्त भएपश्चात प्रदेश स्तरीय सुझाव संकलन कार्यशाला आयोजना गरी २०८० फल्गुण २७ र २८ गते विधान अधिवेशन गर्ने कार्यसूचि तयार भएको छ । नेरेसोको आर्थिक अवस्था थप सुदृढ गर्न विभिन्न जिल्लामा रहेका सम्पत्तिहरूको व्यवस्थापन तथा उच्चतम प्रयोग गरी आय बृद्धि गर्दै मानवीय सहायताका क्षेत्रमा उपयोग गर्दै उत्थानशील समुदाय निर्माणमा अग्रसरता बढाउने । नेपाल सरकारका सबै तह, रेडक्रस अभियानका अंगहरू र साझेदारहरूसँगको सम्बन्ध र सहयोग एवं साझेदारीमा अभिवृद्धि गर्ने । नेरेसोको आठौं विकास योजना (२०२१–२०२५) ले निर्दिष्ट रणनीतिक कार्यादेश र राष्ट्रिय सोसाइटी योजना (२०२१–२०२५)ले तय गरेका मुख्य विषयवस्तुहरू कार्यान्वयनमा ल्याउँदै संस्थालाई रूपान्तरणतर्फ डो¥याउन यो कार्यसमिति पूर्ण प्रतिवद्ध छ । मुलतः नेरेसोका कार्यहरू थप प्रभावकारी एवम् व्यवस्थित बनाउँदै लक्षित समुदायसम्म सेवा पु¥याउनका लागि सोसाइटीका नीति, नियमावली, कार्यविधि र सञ्चालन नियमावलीहरू समयानुकुल संशोधन तथा परिमार्जन गरी सामुदायिक संलग्नता, जवाफदेहिता र पारदर्शितका सिद्धान्त अवलम्वन गरी सुशासन प्रत्याभुत गराउँदै सेवा प्रवाहमा अझ चुस्तता कायम गर्ने लक्ष्य हामीले लिएका छौं ।’

रेडक्रसले मानवीय सहायताको कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार सबै तह, रेडक्रस अभियानका अंगहरु र साझेदारहरुसँगको सहयोग र साझेदारी अभिवृद्धि गर्ने कुरामा पनि जोड दिने कार्ययोजना तय गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?