धादिङको पञ्चमुखी माध्यमिक विद्यालयमा तालावन्दी

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा ३ स्थित सलाङको पञ्चमुखी माध्यमिक विद्यालयका अभिभावकले वडा कार्यालयमा तालावन्दी गरेका छन्।

सिद्धलेक गाउँपालिकाले दरवन्दी सहित बिषय शिक्षकको सरुवा गरिदिएपछि एक महिना देखि पठन पाठन रोकिएको भन्दै अभिभावकहरुले सिद्धलेकको ३ नम्बर वडा कार्यालयमा तालावन्दी गरेका हुन।तत्काल बिषय शिक्षकको व्यवस्था गर्नुपर्ने माग राख्दै वडा कार्यालयमा तालावन्दी गरिएको अभिभावक होमनारायण श्रेष्ठले जानकारी दिनुभयो।

बिद्यालयमा राहत कोटाबाट माध्यमिक तहको गणित बिषयको शिक्षक पदमा कार्यरत रमेश नेपाललाई गाउँपालिकाले गत साउन २६ गते दरवन्दी सहित नलाङको सिद्धेश्वर माविमा सरुवा गरिदिएको थियो ।

शिक्षक नेपालको सरुवा भएपछि एक महिना देखि बिद्यालयमा मावि तहको गणित बिषयको पढाई ठप्प भएको अभिभावक श्रेष्ठको भनाई छ।वैकल्पिक व्यवस्थाका लागि पालिकामा गरिएको अनुरोधको कुनै सुनुवाई नभएको,मावि तहको गणित बिषयको पठनपाठन ठप्प हुदाँ बालबालिकाहरुको शिक्षा प्राप्त गर्ने अधिकार हनन भएको उहाँले बताउनुभयो ।

दरवन्दी सहित शिक्षक सरुवा भएपछि गणित विषयको पठनपाठन रोकिन पुगेकोले पढाई सुचारु गर्ने व्यवस्था मिलाउन आंफुहरु सँघर्षको कार्यक्रम नै अघि सार्न वाध्य हुनु परेको अभिभावकहरुको भनाई छ ।

वडा कार्यालय तालाबन्दी गरेपछि सम्पूर्ण सेवा ठप्प हुन पुगेको छ ।

सिद्धलेक गाउँपालिकाले पालिकाको शिक्षा समितिको सिफारिसका आधार देखाएर साउन २६ गते शिक्षकहरुको सरुवा गरेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?