यामाहाद्वारा ‘राइड टु मोटो जिपी’ घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यामाहा नेपालले मोटो जिपीका प्रशंसकलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जिपी’ इभेन्ट घोषणा गरेको छ । नेपाली मोटरसाइकलको इतिहासमै पहिलोपटक यामाहा नेपालले १० जना यामाहा राइडरलाई आठदिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेसनल सर्किट नोएडासम्म मोटो जिपी हेर्न भारत लैजाने भएको हो ।

२०२३ को २० सेप्टेम्बरदेखि ब्लु स्क्वायर नक्सालबाट सुरु भएर २३ मोटो जिपीको प्रत्यक्ष अनुभव गरी त्यहाँबाट पुनः काठमाडौं फर्की यात्रा सम्पन्न हुनेछ । छानिएका यामाहा राइडरले मोटो जिपी इण्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको अनुभव प्राप्त गर्नेछन् । मोटो जिपी भारतमा सन् २०२३ को २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ ।

सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रोसाइट सिर्जना गरेको छ, जहाँ यामाहा राइडरले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरण पठाउन सक्नेछन् । पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९ सम्म रहने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?