प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा आज ४ मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुने सम्भावित कार्यसूची रहेको छ । कृषि तथा पशुपन्छी विकास, श्रम रोजगार तथा सामाजिक सुरक्षा, अर्थ र उर्जा तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि गत सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?