उपचार नपाएर बालिकाको निधन भएकामा सांसदको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

नेकपा (एमाले) का सचेतक महेश वर्तौलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका-१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापर्वाहीका कारण भएको दाबी गर्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गर्नुभएको हो । उहाँले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?