पूर्वी चीनमा भीषण आँधी, पाँच जनाको मृत्यु

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

नान्जिङ । पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना गम्भीर घाइते भएका हुन् । अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन् । सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा आँधी साँझ ५ बजेतिर भएको हो ।

स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन्भने एक हजार छ सय ४६ घरमा सामान्य क्षति भएको छ । अन्य एक सय ३७ घरमा भने पूर्ण क्षति भएको छ । आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ ।

आँधीबाट चार सय पाँच जना विस्थापित भएका छन् । नहरको आपतकालीन व्यवस्थापन विभागले उनीहरूलाई सहायता सामग्री प्रदान गरेको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?