इजरायली सेनासँगको झडपमा दुई प्यालेष्टिनीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इजरायली सेनासँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन्।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उत्तरी पश्चिमी किनाराशहर जेनिनको दक्षिणमा रहेको एक गाउँमा इजरायली सेनासँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको छ।’

इजरायली सेनासँग जाबा गाउँको प्रवेशद्वारमा भएको झडपमा २४ वर्षीय इजदीन हमामरेह र २३ वर्षीय अमजद खलैलेहको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ। घटनाबारे थप विवरण दिइएको छैन ।

यद्यपि प्यालेस्टाइनी सुरक्षा स्रोतका अनुसार इजरायली सेनाले एउटा गाडीमा गोली चलाउँदा कारमा सवार दुई युवकको मृत्यु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?