एनसेल घोटाला प्रकरणविरुद्ध तम्घासमा नारा : ‘शीर्ष नेता मिलेका, खरब खरब निलेका’

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । मानव अधिकार तथा शान्ति समाज गुल्मीले सदरमुकाम तम्घासमा विरोध प्रर्दशन गरेको छ ।

पछिल्लो चरणमा आएको एनसेल घोटाला प्रकरणविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन भएको हो ।

विरोध प्रर्दशनमा ‘शीर्ष नेता मिलेका, खरब खरब निलेका’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरिएको थियो । त्यस अवसरमा शान्ति समाजका गुल्मी शाखा सभापति ढुण्डीराज पोखरेलले विगत एक वर्षमा भ्रष्टाचार र घोटालाका दर्जनौं प्रकरणहरु आएको भन्दै अधिकांश प्रकरण प्रमुख राजनीतिक दलहरुकै मिलेमतोमा दबाइएको बताउनुभयो ।

प्रमुख राजनीतिक दलहरुले कारबाहीको प्रक्रिया अगाडि बढाउँदा मूल दोषीहरुलाई जोगाउन खोजेको उहाँले आरोप लगाउनुभयो । त्यसमा प्रमुख दलकै शीर्ष नेताहरुको संलग्नता रहेको तथ्य प्रकाशनमा आएको उहाँले उल्लेख गर्नुभयो ।

एनसेल घोटाला प्रकरणलाई शान्ति समाजले घोटालामा पनि महाघोटालाको संज्ञा दिएको सभापति पोखरेलले बताउनुभयो । यस प्रकरणमा राज्यलाई झण्डै तीन खर्ब रुपियाँको हानी नोक्सानी पुर्‍याउने बदनियत दखिएको उहाँले बताउनुभयो ।

एनसेल महाघोटलामा विश्वसनिय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै वर्तमान सरकार तस्कर र विचौलियाको हातमा भएको सभापति पोखरेलले आराेप लगाउनु भयाे । एनसेल महाघोटला प्रकरणमा देशलाई झण्डै तीन खर्ब रुपियाँ हानी पुर्‍याउने चलखेल भएको भन्दै यो राज्य विरुद्धको अपराध भएको मानव अधिकार तथा शान्ति समाजको धारणा रहेको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?