ज्योति क्यापिटलले १०.५२ प्रतिशत लाभांश दिने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । ज्योति क्यापिटलको साधारण सभा सम्पन्न भएको छ । सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७९-८० को नाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

लेखापरीक्षकको प्रतिवेदनसहितको यस क्यापिटलको २०८० असार मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, क्यापिटलको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले क्यापिटलको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन प्रस्ताव पनि पारित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?