मलंगवामा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवा क्षेत्रमा लगाइएको कर्फ्यु आइतबार बिहानदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहान ८ बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ ।

आइतबार बिहान जिल्ला प्रशासन कार्यालय सर्लाहीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै साबिकको मलंगवा नगर क्षेत्रमा भेला हुन, जुलुस र प्रदर्शन गर्न तथा प्रचार सामाग्री टाँस्न नपाउने गरि आइतबार बिहान ८ बजेदेखि भाद्र २७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको हो ।

गत शुक्रबार कृष्णाष्टमीको मुर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएपछि शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?