प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित ७ सुझाव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्शाबारे धारणा राख्न सुझाव दिएको छ ।

आईतवार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा पार्टीको तर्फबाट सहभागी हुनुभएका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई नेपाली जनताले थाहा पाउने गरी नक्शाको बारेमा चीनसँग देशको तर्फबाछ धारणा राख्न सुझाव दिएको बताउनुभएको हो ।

उहाँले आफ्नो पार्टीले प्रधानमन्त्रीको अमेरिका र भीन भ्रमणमा सात बुँदा लिखित सुझाव दिएको पनि बताउनु भयो । बैठकमा पार्टीको तर्फबाट चीनसँगका नाका खुलाउने बारेमा जोड दिन आग्रह गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युको अहिलेको युएनसहितको चीन भ्रमणको विषय थियो । हामीले लिखित रुपमा सात बुँदा दिएको छाैं । नक्शाको विषय पनि हामीले चासोका साथ जानकारी गराएका छौँ । जनताले थाहा पाउने गरी देशको नक्शाको विषय राख्नुपर्छ भनेका छौँ । बोर्डर खुला गर्ने विषय र अनुशासनका कुरामा ध्यान दिन आग्रह गरेका छौँ ।’

पार्टीका उपाध्यक्षसमेत रहनुभएका उहाँले प्रधानमन्त्रीको भ्रमणमा अनुशासनको बारेमा ध्यान दिन पनि आग्रह गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?