नारायणको ‘ओ लभ्ली’ मा रोशन र सृष्टि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गीतकार नरायण भारतीको ‘ओ लभ्ली’ सार्वजनिक भएको छ । करण राईको स्वर, सुनिल क्षेत्रीले संगीत, सुनिल राईको संगीत संयोजन र किशोर थापाको मिकसिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कृष्ण रसालको निर्देशन रहेको गीतको भिडियोमा रोशन श्रेष्ठ र सृष्टि खड्कालाई फिचरिङ गरिएको छ । नारायण र इशा शर्मा भारती मिलेर बनाउनुभएको भिडियोमा विवेक सुनारको सम्पादन र रोशन विश्वकर्माको कोरियोग्राफी छ ।

गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । गीतकार भारती अमेरिकामा बस्दै आउनुभएको छ । उहाँका धेरै गीत श्रोता/दर्शकमाझ आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?