बीपीका आख्यानमा नारी : बाबु, आमा र छोरा तथा अन्य कृति सन्दर्भमा

हिमालय टाइम्स
Read Time = 18 mins

✍️ चन्द्रकान्त आचार्य

तीन घुम्ती पार गर्दा जे देखियो :
किताब सर्सर्ती पढिसकेपछि यस पंक्तिकारलाई इन्द्रमायाका तीन निर्णयका बारेमा पाठकहरूलाई किनारामा साक्षी राखेर केही कुरा गर्न उपयुक्त लाग्यो । इन्द्रमाया, पहिलो घुम्तीमा तिमीले जे निर्णय लियौ त्यो उपयुक्त लागेको छ । गहिरो प्रेममा परेर त्यसरी घर छाड्ने घटना पहिले पनि हुन्थे र पछि पनि हुनसक्छन् । तर पछिका सन्ततिका लागि भन्ने हो भने आफूले घर छाड्नुपूर्व दोस्रो पक्ष अर्थात् पे्रमी आफूसँग प्रेममा कति गम्भीर छ भनेर सतर्क हुने सल्लाह दिनुपर्ला कि ? यहाँ पीताम्बरले भनेका केही कुरा उद्धृत गर्न उपयुक्त हुन्छ, जो निम्न अनुसार छन् : पीताम्बरले भन्यो ‘त्यो दिन तिमी कत्रो हिम्मतका साथ आएकी हँ !.....’

इन्द्रमायाले प्रेम ठूलो कुरा हो त्यसको सहाराले आउनसकेको भन्ने कुरा गर्दा उसले भन्यो, ‘मैले पनि धेरै दिनसम्म सोचें, तर निर्णय लिन सकेको थिइनँ । तिम्रा आमाबाबु, समाज र स्वयं तिम्रो पनि विचार आउँथ्यो मलाई ।’

दोस्रो घुम्तीमा रमेशसँग निर्बाध सम्बन्ध राख्ने निर्णय गरेपछि पशुपति दर्शन गर्दै पतिव्रता नारीको चरित्र अपनाउन खोज्नु मिल्दो कुरा होइन । आधुनिकतामा प्रवेश गरेर हिटलर र यहूदीकी रेवाले भने जस्तै ‘क्षण नै सबै कुरा हो’ भन्ने र एघार दिनसम्म जहाजमा नेपाली युवकसँग गृहस्थी रच्ने हो भने कुरा अर्कै हो । ऊ त बेलायतको समुद्र तटमा पुगेपछि आफ्नो पतिसँग बेफिक्री भएर गई, नेपाली युवक हेरेको हेरै भयो । इन्द्रमाया, तिमीलाई पनि पीताम्बर नभएको समयमा रमाइलो गरेर समय बिताउनमात्र रमेश चाहिएको थियो भने पीताम्बरसँग तिमीले ‘रमेशसँग सहबास प्रेमशून्य नभएको’ कुरा कसरी ग¥यौ ? दुई वटासँग एकै पटक प्रेमिकाको भावना राख्न खोज्दा नै तेस्रो घुम्तीमा पुग्नुपरेको हो जस्तो लाग्छ ।

मैले चुम्बनले उसको मुख थुनिदिएँ । उसका आँखा थुनिए र ऊ निदाएकी जस्ती भई । उसको शरीर मेरो आलिंगनभित्र कहिले शिथिल र कहिले कठोर भएर तरंगित हुन्थ्यो-कम्पायमान शरीरमा लहरको बेग उर्लिएको जस्तो । त्यसैले लाग्थ्यो, हाम्रो प्रेम यौवनको उन्मादमा जन्मिएको थियो । 

जहाँसम्म तेस्रो घुम्तीको कुरा छ त्यो त पहिलो र दोस्रो घुम्तीले निम्त्याएको कुरा हो । जसरी तिमीले मरिहत्ते गरेर घर छाड्यौ त्यस्तै अवस्थामा पीताम्बर थिएन भन्ने कुरा उसका माथिका भनाई र पछिका व्यवहारले देखाए । तिमीलाई धेरै माया गथ्र्याे भने तिमीले त्यसरी समर्पण भाव राख्दा राख्दै ‘छोरी त्यागेमात्र सँगै राख्ने’ शर्त तेस्र्याउँने थिएन । त्यसैले पैंतालीस वर्षपछि आएर तिमीले आफ्ना तीन निर्णयहरूको लेखा जोखा गर्दा नयाँ पुस्तालाई मनको मात्र इसारामा अगाडि नबढेर मस्तिष्कलाई पनि ठाउँ दिनुपर्छ भनेर सल्लाह दिन उपयुक्त होला । अन्तमा छोरी रमालाई शुभकामना !

मोदिआइनबाट पाएको शिक्षा
कुनै समयमा भारतको दरभंगामा एउटी मोदिआइन नामकी पसले महिला बस्थिन् । पूर्वी नेपालको एउटा बजारमा बस्ने मध्यमवर्गीय परिवारबाट एउटा बालक एक रातको पाहुना हुन तिनीकहाँ पुगेको हुन्छ । नयाँ ठाउँमा बालकलाई निद्रा नपर्दा तिनले कथा सुनाएर सुताउने प्रयास गर्छिन् । महाभारत युद्धको समयमा नारीहरूले आप्mना प्रिय पतिहरूलाई गुमाउँदा भएको दर्दनाक पीडाको कथा मार्मिक रूपमा बताउँछिन् ती पाकी महिला मोदिआइन ।

पूर्व कथा
मोदिआइनले नेपाली बालकलाई सोधिन्–‘बबुआ, तिमी के गर्छौ ? पढ्छौ कि पढ्दैनौं ?’
उसले भन्यो–‘पढ्छु, ...ए ... बि....सि.... डि....’
‘पढेर के गर्छौ ?’
‘ठूलो मानिस हुन्छु’
मोदिआइनले मनको ठूलो व्यथा पोखेजस्तो गरेर भनिन्–‘ठूला मानिस थरीथरीका हुन्छन् । असल मानिस भने एक थरीका मात्र हुन्छन् । ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू, नानी ।’
तिनले बालकको जिज्ञासामा त्यहाँ नजिकै रहेको हडाहा पोखरीको बारेमा बताउन थालिन् र नारी पात्रको मनोभावना दर्शााउँदै पूरै महाभारतको कथा भनिन् ।

बाबु, आमा र छोरा पढेपछि
सुम्निमा पढ्दा नदी सलल्ल बगेको थियो भने बाबु, आमा र छोरा पढ्न लाग्दा त्यहीँ नदीमा बाढी आएजस्तै भयो । यसले पाठकलाई यसरी अत्याउँछ कि कहाँ पुगेपछि फेरि कता फर्कने हो भनेर पृष्ठ केलाई राख्नुपर्छ । त्यसैले लेखकको लेखाइको तरिकाले नभएर पंक्तिकारको आप्mनो तरिकाले यसको विश्लेषण गरिएको छ । यस कृतिमा दुई भाग छन् एक भाग बाबु र अर्को भाग आमा । तर विश्लेषण गर्दा तीन किसिमका प्रेमलाई अघि सार्नु पर्ने हुन्छ एक विवाहपछि हुने चोखो प्रेम, दुई बिबाहभन्दा पहिले हुने युवा युवतीको प्रेम र तीन अनमेल बिबाहपछि पनि बाध्यताले जन्माउने प्रेम । कृतिमा यसरी तीन प्रेमका कथा उनिएकोमा यहाँ पहिले युवा युवतीलाई नै अघि सारिन्छ र बाढी आएजस्तै गरी उर्लेको प्रेम प्रसंगबाट सुरु गर्न विवाहभन्दा पहिलेको प्रेमलाई अघि राखिएको छ ।

जीवन फूल कि काँढा ?
बाबु, आमा र छोरा उपन्यासलाई बाबुको दृष्टिबाट विश्लेषण गर्दा उनलाई नै प्रमुख पात्र मानेर छलफल गर्न उपयुक्त लागेको छ । यस उपन्यासको विश्लेषण गर्न बस्दा पाठकका तर्फबाट पहिले दोस्रो भाग आमालाई अघि ल्याएर पढिएको छ । त्यसैले पहिले छोराकी भइसकेकी प्रेमिका नै बाध्यतावश बाबुकी पत्नी हुन पुगेको नियतिको क्रुर खेललाई नबुझेका बाबुलाई पाठकहरूको तर्फबाट पंक्तिकारले सतर्क गराउँन प्रयत्न गर्नेेछ । तर सुरुमा उनकी पहिली पत्नीको चोखो प्रेमलाई चोखो रूपमै प्रस्तुत गरिन्छ ।

संवत् २००० सम्म आइपुग्दा समय अर्कै थियो । आठ–दश वर्षको उमेरमा केटाकेटीहरूलाई विवाह बन्धनमा बाँधिन्थ्यो । ती दुलहा दुलहीलाई पुतलीको विवाहमा सामेल भएजस्तो लाग्थ्यो । तर उमेर पुगेपछि तिनीहरू गृहस्थीको लगाम समात्ने पतिपत्नीका जोडी ठहरिन्थे । त्यसरी पुतलीको बिहेमा संलग्न भएका केटाकेटीपछि गएर एक अर्कोलाई माया गर्ने आदर्श जोडी हुनुपर्ने बाध्यता थियो । संयोगवश त्यस्ता जोडीहरू अत्यन्त उपयुक्त र एक अर्कोलाई मन पराउने पनि हुन सक्थे भने आफूलाई अत्यन्त मन नपर्ने मानिस जोडीमा संलग्न भएको पनि हुन सक्थ्यो ।

त्यसै समयमा ठाउँ विशेष र संयोग विशेषले १८/२० वर्षे उमेरका दुलहादुलही पनि दाम्पत्य जीवनमा प्रवेश गरेका हुन सक्थे । त्यस्तै उमेरमा पहिली पत्नीसंग दाम्पत्य जीवनमा प्रवेश गरेका यस उपन्यासका पात्र बाबु पनि संयोगबश भाग्यमानी पति हुन पुगेको कुरा उनी यसरी व्यक्त गर्छन् :
जेठीसंगको मेरो विवाह यद्यपि प्रणयसम्बन्ध थिएन किनभनेदेखि बाबुआमाले गरिदिएको विवाह थियो त्यो । त्यसले कति छिटै प्रेमसम्बन्धमा हामीलाई बाँध्यो ! आजकल त्यसलाई सम्झदा ताज्जुब लाग्छ । भरखर किशोरावस्थालाई पार गरेर म तरुणो भएको थिएँ, केटी पनि हुर्केकी थिई । यौवनको तातो उन्माद जो तारुण्यको प्रथम पदमा एकचोटि मात्र मानिसले जीवनमा अनुभव गर्छ, त्यसले गर्दा हो या कुन्नि हामी आपसमा यसरी गाँस्सिन पुुग्यौँ कि हामीलाई सम्झना नै रहेन-हामी दुई प्राणी हौं, र केही दिन पहिलेसम्म एक दोस्रोबाट एकदम अपरिचित । यौवन र यौनको रसायनले हामी, मानौं मिस्सिएको एउटा व्यक्ति भएर गयौं । घरका मानिसहरूले उपहास पनि गरे-कस्तो पिरती बसेको ! कतिले हाासेर भने पनि-कस्ता नकच्चरा ! कोठाभित्र थुनिएर नै बसिरहन्छन् ।

उसले भनी-प्राणनाथ, मेरो लाज अझ गएको छैन । यो पनि लाग्छ घरका मानिस के भन्दा होलान् । तर लाजमा पनि कति सुख पाइरहेकी छु म ।

मैले चुम्बनले उसको मुख थुनिदिएँ । उसका आँखा थुनिए र ऊ निदाएकी जस्ती भई । उसको शरीर मेरो आलिंगनभित्र कहिले शिथिल र कहिले कठोर भएर तरंगित हुन्थ्यो-कम्पायमान शरीरमा लहरको बेग उर्लिएको जस्तो । त्यसैले लाग्थ्यो, हाम्रो प्रेम यौवनको उन्मादमा जन्मिएको थियो । तर एकदिन उसले भनी-पति पूर्वजन्मको आर्जन हो ।..... आमासँग जहिले पनि रहर मानी-मानी माथि डाँडाको शिवमन्दिरमा जान्थेँ । एक दिन आमाले भन्नुभयो–छोरी, के बर माग्छेस् देउतासँग ? मैले केही भनिन आमालाई, तर मनमनमा त्यै बर माग्थेँ जुन बर सबै केटी हृदयले माग्छन्-शिवजी, मलाई असल बर दिए । लाग्छ शिवजीले मेरो पुकारा सुनेका थिए ।

हाम्रो विवाह भएको एक वर्षभित्रै उसले छोरो जन्माई । गृहस्थी सुखको योग पुगेको, अंग पनि पुग्यो । हामीलाई केही कुराको अभाव थिएन । सबैले भन्थे–भाग्यमानी दम्पती रहेछन् ।

भन्छन्, सन्तान भएपछि दुलहीको माया बाँडिन्छ रे । प्रेमको केही हिस्सा खिचिएर सन्तानका लागि जान्छ रे । खोइ, त्यस्तो अनुभव त मलाई भएन । झन् लाग्यो, आमा भएकी प्रेयसीको माया घट्नुसट्टा अभूतपूर्व किसिमको भयो । नदीको स्नानबाट सागरको स्नान गर्दा भएको अनुभवजस्तो लाग्यो मलाई-गहिरो, गम्भीर र प्रशान्त । उसको शरीरमा स्निग्धता झन् थपियो, शरीर झनै पुष्ट भयो र केही बाक्लिन गई अद्भूत सुन्दरताले ऊ उदभासित हुनथाली । हाम्रो प्रणयमा केही बाधा पारेन छोराले । नारीका हृदयमा अनन्त क्षमता हुँदो रहेछ प्रेमको विस्तारका लागि, जति पनि त्यो व्यापक हुन सक्दो रहेछ ।

यी बाबु पात्रकी ती प्रिय पत्नी छिटै रोगी भइन् । आफ्नो रोगको अवस्था नसोचेर पतिको भावी जीवन कसरी रमाइलो हुनसक्ला भनेर अर्को विहा गराउँन प्रयत्न गर्ने ती वास्तवमा महान् नारी हुन् । यसरी तिनले चोखो प्रेमको उदाहरण प्रस्तुत गरेकी छन् । उनकै शब्दमा : ‘अब म तंग्रिन्न, तिमीले अर्को विवह गर्नुपर्छ ।’

त्यस सम्बन्धमा पति पत्नीका विचार यस प्रकार छन् :
मैले व्यग्र भएर भनेँ-मेरो दोस्रो विवाहका लागि नानाभाँतिका उपाय नरच ।
ऊ हाँसी र भनी-स्त्रीले पतिको चितामा सती गएका कथाहरू त मैले सुनेकी थिएँ । तिमीमात्रै यस्तो पति भयौ, जो पत्नीप्रेममा आपूmलाई सेलाइरहेका छौ ।.....प्राणनाथ, तिमी प्रेममय नारीको हृदय बुझ्दैनौ । त्यसो हुनाले मेरो आग्रहलाई आत्मनिष्ठुरता भन्छौ । किन न बुझेको तिमीले कि तिम्रो सुख मेरो स्वार्थको विषय हो । जसलाई तिमी सौता भन्छौ, त्यो मेरो नै अर्को रूप हुन सक्छ ।

उसका जीवनकालको समाप्तिको समय निकट छ भन्ने बुझेर म बडो ब्यग्र र बेचैन हुँदै गएँ । म बेचैन भएको देखेर उसले सुस्तरी भनेकी थिई -किन त्यस्तो बेचैन भएको ? मैले तिमीलाई भनेकी थिइन कि शरीर क्षणभंगुर छ ?

रुसी महान् साहित्यकार लियो टाल्स्टोयले आफ्नो उपन्यास अन्ना करेनिनामा प्रमुख पात्र लेविनमार्फत यही कुरा भनेका छन् अर्थात् हाम्रो जीवन महासागरमा उठ्ने पानीको फोकाजस्तै क्षणभङ्गुर छ । यस कृतिका कृतिकार बीपी कोइराला पनि त्यत्तिकै महान् छन् । उनले यस्ती पात्र सिर्जना गरे जसले यसरी निःस्वार्थ चोखो प्रेम दिन सक्ने पूर्वीय संस्कृतिको सुन्दर पक्षलाई प्रस्तुत गर्दैै क्षणभंगुर देह त्यागिन् । तिनी थिइन् बाबु पात्रकी जेठी श्रीमती । तिनी छँदासम्म वास्तवमा यिनीहरूको जीवन सुन्दर पूmलसरह थियो ।

जेठी पत्नीको निधनपछि छोराले पनि विवाह गर्ने सल्लाह दिएकाले बाबुले दोस्रो विवाह गरेर कान्छी भित्र्याए । उनकै शब्दमाः
ठाउँ-ठाउँबाट मलाई केटी दिन आइरहन्थे । पूर्वको एउटा खानदानियाँ तर अहिले केही बिग्रन गएको थापा परिवारकी छोरीको कुरा अयो । केटी बढेकी छ रे, उमेर पुरा पुगेकी, पढेकी पनि, बनारसमा बी.ए.मा पढ्दैछ रे । मैले हुन्छ भनेँ । मलै स्वीकृति दिँदै भने-छोटकरीमा विवाह गर्नुपर्छ, पशुपतिको जंगलतिर गएर विधि पु¥याउँने खालको । यस उमेरमा विवाहमा ठूलो झम्बार र बढाइ गर्ने मेरो इच्छा छैन । त्यसरी नै मेरो विवाह भयो । कुरा छिनिने बित्तिकै मैले बनारसमा पढ्ने छोरालाई खबर पठाएँ । उसले खुशी मानेर चिठी लेख्यो । हाम्रो मेलबाट प्राप्त । क्रमशः

बीपीको साहित्यमा नारीको गरिमा
थप सामग्री : https://ehimalayatimes.com/2023/09/155424/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?