रोकिएन सुन तस्करी, विमानस्थल बाहिर फेरि १ किलो सुन बरामद

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि करिब १ किलो सुन बरामद भएको छ ।

भन्सार जाँचपास भएर बाहिर आइसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेका बाबुलाल दोङसहित तीनजना रहेका छन् । अन्य दुई जनाको नाम सार्वजनिक गरिएको छैन ।

हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका बाबुलालले सुन ल्याएको प्रहरीले जानकारी दिएको छ ।  त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kundan pandey
Kundan pandey
2023-09-12 4:12 pm

Yehi ho vansar ka karmachari ko kaam..2 numbari..paila ni setting ..aile ni ra paxi pani..yehi ho

रिलेटेड न्युज

छुटाउनुभयो कि ?