प्रतिनिधिसभा बैठक सर्‍यो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक दिनपछि सरेको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण बिहीबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?