घोराही । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता अन्तर्गत तेश्रो दिन मंगलबार भएको खेलमा तुलसीपुर उपमहागगरपालिका, शान्तिनगर गाउँपालिका, बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका विजयी भएका छन् ।
नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा जारी पालिकास्तरीय भलिबल प्रतियोगितामा बिहान भएको खेलमा तुलसीपुरले दंगीशरणलाई २५–१८, २५–२३ को अंकसहित २–० को सेटमा, शान्तिनगरले राजपुरलाई २५–१६, २५–१३ को अंकसहित २–० को सेटमा हरायो । यसैगरी दिउँसो भएको खेलमा बंगलाचुलीले दंगीशरणलाई २५–१४, २३–२५ र १५–१३ को अंकसहित २–१ को सेटमा हराउँदा घोराहीले राजपुरलाई २४–२६, २५–२० र १९–१७ अंकसहित २–१ को सेटमा पराजित गर्यो ।
घोराही १५ सहिद मञ्चमा भईरहेको खेल अन्तर्गत मंगलबारको ९औँ र दर्शौ खेल निकै प्रतिष्पर्धात्मक भए । बंगलाचुली र दंगीशरण बीचको खेलमा बंगलाचुलीले तेश्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै जीत निकाल्यो । कुनै समय ६ अंकले पछि परेको खेलमा सुधार गर्दै दंगीशरणलाई तेश्रो सेटमा पराजित गरेको हो । यसैगरी, प्रतियोगिताको दशौँ नम्बरको खेलमा अपराजित रहेको घोराही र राजपुर बीचको खेल थप रोमान्चक र प्रतिष्पर्धात्म बन्न पुग्यो ।
पहिलो सेटबाटै शुरु भएको कडा प्रतिष्पर्धा तेश्रो सेटको खेलको अन्तिम समयसम्म जारी रह्यो । पहिलो सेटले शुरुवातबाट एक अंकले तलमाथि हँदै सेट प्वाईन्टमा पुग्दा अन्तिममा राजपुरले बाजी मार्यो । दोश्रो सेटको खेलमा सुधार गर्दै घोराहीले २५–२० नतिजा निकाल्दा तेश्रो सेटको खेल भने अन्तिम समयसम्म रोचक र प्रतिष्पर्धात्मक बन्यो । शुरुबाटै १ अंकले तलमाथि पर्दै अघि बढेपनि पछि लगातार अंक बटुल्दै ८–५ को अवस्थामा पुगेको घोराहीले फाईनल कोर्ट परिवर्तनपछि अपेक्षित अंक जोड्न नसक्दा ११ अंकको अवस्थामा दुवै टीमले बराबरी अंक बनाएपछि खेल हेर्न पुगेको दर्शकहरुको आवाजले भलिबल कोर्ट गुञ्जायमान बन्न पुगेको थियो ।
घोराहीका स्पाईकरले लगातार दुई सट बाहिर प्रहार गरेपछि खेलमा हावी हुन खाजेको राजपुरले १ अंकको अग्रता बनाउँदै १५–१४ को अवस्थामा पुग्दा नतिजा कस्को पक्षमा जान्छ भन्नेमा धेरैलाई चासो बढेको थियो ।
सेट पोईन्टको अवस्थामा पुगेको बेला घोराहीले चलाखीपूर्ण भलि गर्दै लगातार दुई अंक जोडेपछि १६–१५ को अवस्थामा रहेपनि पुनः राजपुरले अंक जोडेपनि दुवै टीम १७–१७ अंकको अवस्थामा पुगेका थिए । घोराहीका स्पाईकरको सट ब्लक गर्न खोज्दा कोर्टभन्दा बाहिरिएपछि घोराहीले अग्रता बनाउँदै लगातार दुई अंक जोडेपछि १९–१७ को नतिजा आफ्नो पक्षमा पार्दै २–१ को नतिजा निकाल्यो ।
प्रतियोगिता अन्तरर्गत बुधबार पनि चार वटा खेल हुनेछ । जस अनुसार बिहान साढे सात बजे तुलसीपुर र राप्तीबीच खेल हुँदा साढे आठ बजे बंगलाचुली र बबई बीच खेल हुने भएको छ । यसैगरी, दिउँसो साढे २ बजे राप्ती र दंगीशरण बीच तथा साढे ३ बजे तुलसीपुर र बबई बीच खेल हुने भएको छ । प्रतियोगिताको फाईनल खेल आगामी २५ गते हुनेछ । घोराहीको सहिद मन्चमा भईरहेको प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाको सहभागीता रहेको छ । गढवा बाहेकका पालिकाबाट खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।
लिगकम नकआउटका आधारमा भईरहेको प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्ष घोराही उपमहानगरपालिकाले उपाधि जितेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच