राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

वीरगञ्ज ।  राप्रपा नेपालले असोज १४ गते आइतबार पर्साको वीरगञ्ज सभा गर्ने भएको छ ।

घन्टाघर नजिकको टेम्पो चोकमा सभा गर्ने तयारी गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलिले जानकारी दिनुभयो । पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो ।

‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी विरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौँ,’ उहाँले भन्नुभयो ।

राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र जनसहभागिता गराउन जनपरिचालन गरिएको छ ।
सभालाई पार्टी अध्यक्ष कमल थापा लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?