सेञ्चुरीको शाखा कावासोतीमा पनि

Read Time = 1 min

कावासोती । सेञ्चुरी कमर्सियल बैंकले सोमबारदेखि कावासोती नगरपालिका-८ स्थित कावासोती बजारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंक सञ्चालक समिति सदस्य मनबहादुर राइ र कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालले संयुक्तरूपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत दिपेश प्रधानलगायत बैंकका कर्मचारी, कावासोती चेम्बरका अध्यक्ष डा. सुरज पोखरेलको उपस्थिति रहेको बताइएको छ । २०७८ चैतसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र ८९ अर्ब ६५ करोड कर्जा प्रवाह गरी एक अर्ब एक करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?