महालक्ष्मी बैंकको अफर

Read Time = 1 min

काठमाडौं । सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसात गर्दै विगत २८ वर्षदेखि सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैँकले डिजिटल बैंकिङलाई प्रोत्साहित गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताका लागि ‘महालक्ष्मी बैंक २ ३ ४ को जादु’ योजना ल्याएको छ ।

योजनाअन्तर्गत महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकमध्ये भाग्यशाली चार ग्राहकले स्मार्टफोन प्राप्त गर्न सक्नेछन् । बैंकले हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकलाई लक्षित गर्दै डिसेम्बर ३१ सम्म सञ्चालन गर्ने भएको हो ।

ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम् एक सय वा सोभन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?