महंगी र भ्रष्टाचारबिरुद्ध एमालेको बिरोध प्रदर्शन (फोटोफिचर)

Read Time = 6 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले बिरोध प्रदर्शन गरेको हो । जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन हुनेछ ।
जन प्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रिय विभागको सहभागिता छ ।

प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न ब्यानर, ग्याँस सिलिण्डर बोकेर बिरोध जनाएका छन् । प्रदर्शनकारीहरुले परमादेशी सरकार मुर्दावाद, परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए ।

वर्तमान सरकारले भ्रष्टाचार र बेथिति बढेको भन्दै भ्रष्टाचारबिरुद्ध बिरोध गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?