बेनीका सुशील गर्बुजा हत्या घटनामा संलग्न ११ जना अभियुक्त पक्राउ

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा खुकुरी प्रहार गरी एक युवाको हत्यामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

माघ ११ गते साँझ बेनीको न्यू रोडमा युवाहरुको बिच ग्याङ फाइट हुँदा रघुगंगा गाउँपालिका–१ बेग घर भई हाल बेनी नगरपालिका–८पिपलचोक बस्ने २२ बर्षिय सुशील गर्बुजाको ज्यान गएको थियो ।

पूरानो रिसइबीलाई मिलापत्र गर्ने निहुँमा भेला भएका दुई समुह बिचको विवादमा चक्कु प्रहार गरी फरार भएका आरोपीहरु मध्ये हालसम्म ११ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीमा प्रहरी नायव उपरिक्षक मदन कुवँरले जानकारी दिनुभएको छ ।

घटनामा संलग्नहरुमध्ये मृतक गर्बुजाका परिवारले दिएको किटानी जायरीमा आरोपी बेनी नगरपालिका वडा नं ५ का सफल केसीले आइतबार विहान प्रह्री समक्ष आत्मसर्मपण गरेका छन् ।

घटनामा २ जना १५ र १७ बर्ष उमेरका छन् । सदरमुकाम बेनीबजारलाई नै अशान्त बनाउने गरी भएको उक्त घटना घटेको घटनास्थल आसपासका सिसीटिभी फुटेज सहित प्रत्यक्षदर्शी, विगतका दुस्मनीका साथै घटनामा संलग्न अन्य यूवाहरूको समेत खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो घटनामा मृतकका परिवारले दिएको किटानीजायरीमा मुख्य आरोपि सबै प्रहरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ । आरोपीलाई जिल्ला अदालतबाट म्याद थप गरी कर्तब्य ज्यान मुद्धामा अनुसन्धान भइरहेको छ ।

मृतककी दिदी बिपना गर्बुजाले सामाजिक सञ्जालमा घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग सहित सबै सरोकारवालालाई न्यायको पक्षमा उभिन अपिल सहित मार्मिक सन्देश समेत लेख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?