कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्रीमा नियुक्त

मानबहादुर वली सुर्खेत, संवाददाता
Read Time = 2 mins

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त हुनु भएको छ ।

नेकपा एमालेसहित एक–एक जना सांसद रहेका राप्रपा र एकीकृत समाजवादीको समर्थनमा शर्मालाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

एमाले स्थायी कमिटि सदस्य यामलाल कंडेलको प्रस्ताव तथा नेकपा समाजवादीकी कल्याणी खड्काको समर्थनमा उहाँलाई प्रदेश प्रमुख परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसदको आवश्यकता पर्छ । शर्माले माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपा तथा एकीकृत समाजवादीका एक–एक सांसद गरेर २५ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तका लागि प्रदेशप्रमुखको कार्यालयमा जानुभएको थियो । नवनियुक्त शर्माले बिहीबार पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ ।

केन्द्रको समीकरण अनुसार माओवादीको ५ बर्षे कार्यकालका लागि भागवण्डा परेको कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आधाआधा समयावधि नेतृत्व गर्ने सहमति सहित माओवादी नेतृत्वको सरकारमा एमालेले समर्थन गरेको हो । सहमति अनुसार मुख्यमन्त्री सहित ४ मन्त्रालय माओवादी र ३ मन्त्रालय एमालेको भागमा परेको छ । यता नवनियुक्त मुख्यमन्त्री शर्माले कर्णालीको गरिव न्युनिकरण गर्ने आफ्नो प्राथमिकता रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?