झापामा मह प्रशोधन उद्योग सञ्चालनमा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । झापाको शिवसताक्षी नगरपालिकामा महप्रशोधन उद्योग सञ्चालनमा आएको छ ।

मौरीपालक महिला किसानको पहलमा जिल्लामै पहिलोपटक सो उद्योग स्थापना भएको हो । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको रु एक करोड २५ लाख लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको उद्योगका संयोजक देवीकुमारी ओली दाहालले बताउनुभयो ।

उहाँले उद्योगमा वार्षिक १० हजार मेट्रिक्टनभन्दा बढी मह उत्पादन हुँदै आएको जानकारी दिनुभयो । व्यावसायिक रुपमा मह उत्पादनका लागि सतासीमा खेती समेत गरिँदै आइएको छ । अब आधुनिक मेसिनबाट मह प्रशोधन हुने भएकाले बजारीकरणमा पनि समस्या नहुने किसान धनमाया पाठकले बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा सो उद्योगमा सात महिलाले रोजगारी पाएका छन् । शिवसताक्षी-११ मा बासिन्दाले सरदर १० देखि दुई सय ५० घारसम्म माहुरी पालेका छन् ।

मौरीपालन ‘ब्लक’ क्षेत्रसमेत घोषणा गरिएको शिवसताक्षी-११ भित्र मात्र झन्डै तीन सयभन्दा बढी महिलाले व्यावसायिक रूपमा नै मौरीपालन गर्दै आएको र यसबाट वार्षिक ६० टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?