झापा दुर्घटना : मृतक तीनैजनाको सनाखत

हिमालय टाइम्स
Read Time = 1 min

-राजेन्द्र गाैतम

झापा । बुधबार (आज) बिहान प्रदेश १-००१-००१ च. ९३२९ नम्बरको बोलेरोले मे.३ प. ५००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा परी मृत्यु हुने तीनै जनाको सनाखत भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा कमल गाउँपालिका-४ का २५ वर्षीय मौसम राई, सोही ठाउँका २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मी छन् ।

आफन्त र छिमेकीले उनीहरूलाई चिनेको ट्राफिक प्रहरीले जनाएको छ । बिना हेल्मेट मोटरसाइकल मौसमले चलाएको खुलेको छ ।

बोलेरो चालक मेचीनगर नगरपालिका-६ का ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरेको छ । दुबै सवारी साधन इप्रका झिलझिलेको नियन्त्रणमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?