भारतीय चर्चित सदगुरु मानसरोवर कैलाशको दर्शनका क्रममा हुम्लाको सिमकोटमा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । मानसरोवर कैलाशको दर्शनका लागि भारतीय चर्चित सदगुरु हुम्ला सदरमुकाम सिमकोट आइपुग्नु भएको छ । सदगुरु सँग ७० जना तीर्थयात्री मङ्गलबार हुम्ला पुग्नु भएको हो ।

सदगुरुले हुम्लाको लाप्चाबाट मानसरोवर दर्शन गर्ने पर्यटन व्यवसायी विजय लामाले बताउनुभयो । सद्‌गुरुले अघिल्ला दुई वर्ष पनि हुम्लाको लाप्चाबाटै मानसरोवरको दर्शन गर्नुभएको थियोे ।

उहाँ मङ्गलबार सिमकोटमै बस्नु हुनेछ । बुधबार लिमीको तुम्लिङतर्फ जाने उहाँको कार्यक्रम छ । सिमकोटबाट तुम्लिङ पुग्न गाडीमा ७ घण्टा लाग्ने गर्छ ।

भदौ २८ गते तुम्लिङमा विश्राम गर्ने र २९ गते तुम्लिङबाट लाप्चा पैदल मार्गबाट गएर मानसरोवर कैलाशको दर्शन गरी एक रात लाप्चामै बस्ने सद्गुरुको कार्यक्रम रहेको लामाले बताउनुभयो । भदौ ३० गते लाप्चाबाट तुम्लिङ आएर बास बस्ने र असोज १ गते सिमकोट फिर्ता हुने कार्यक्रम रहेको छ ।

उहाँको बास व्यवस्थापनका लागि एक टोली तुम्लिङतर्फ लागिसकेको छ । सिमकोट विमानस्थलमा स्थानीयले सद्गुरुको परम्परागत पहिरनमा स्वागत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?