बैतडीमा धान उत्पादनमा वृद्धि

तस्बिर : सामाजिक संजाल

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा गत बर्षको तुलनामा यस बर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार यस बर्ष जिल्लामा १ हजार मेटिक «टनले धान उत्पादनमा वृद्धि भएको हो । ८ हजार ५५० हेक्टर क्षेत्रफलमा यो बर्ष १७ हजार १ सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख मिलन कडेलले जानकारी दिनुभयो । उहाँका अनसार गत बर्ष १६ हजार २० मेट्रिक टन धान उत्पादन भएको थियो ।

गत बर्ष भित्र्याउने समयमा बर्षातले क्षति पु¥याएकाले पनि धान उत्पादनमा कमी आएको उहाँको भनाइ छ । यो बर्ष समयमा पानी परेका कारणले रोपाइँ पनि समयमै सकिएकाले र सिँचाइको सुविधा बिस्ता भएर पनि धान उत्पादनमा वृद्धि भएको कडेलले बताउनुभयो ।

यहाँ स्थानीय संगै खुमल चार, दशरथचन्द नगरपालिकाको केही भुभागहरुमा बास्मती जातको धान लगाउने गरिएको छ । जिल्लाको पाटन, पुर्चाैडी, सलेना, गोकुलेश्वर, सुर्नया लगायतका क्षेत्रहरु धान खेतीका लागि पकेट क्षेत्रहरु हुन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?