दाना नलागेको मकै खेतीको अनुगमन गरेर फर्कियो विज्ञ टोली

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीको बागमती र बरहथवाका किसानले लगाएको वर्णशंकर अर्थात् हाइब्रिड मकैमा दाना नलागेको सम्वन्धमा अनुगमन गरेर विज्ञको टोली यहाँबाट फर्किएको छ । सर्लाहीसहित तराईका विभिन्न जिल्लाका किसानले लगाएको मकैको घोगामा दाना नलागेको पाइएपछि बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा. भीमनाथ अधिकारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त टोली बरहथवा र बागमतीका किसानको खेतखेतमा पुगेर मकै खेतीको अनुगमन गरी गएसाँझ फर्किएको कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख देवानन्द रायले जानकारी दिनुभयो । सोमबार बेलुका सर्लाही आइपुगेको टोलीले हिजो दिनभर बागमती र बरहथवा नगरपालिकाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीको स्थलगत अनुगमन गरेको छ । सर्लाहीका यि दुई पालिकाका अधिकांश किसानले रोपेको भारतीय बीउ उत्पादक कम्पनि ‘नुजिभिडु सिड्स’ द्वारा उत्पादित ८३५२ जातको हाइब्रिड मकैमा दाना नलाग्ने समस्या धेरै देखिएको छ ।

स्थानीय किसानले ‘उइनर’ समेत भन्ने यो जातको मकैको बिउ गाउँकै सहकारी र विभिन्न एग्रोभेट पसलबाट किनेर रोपेका थिए । कार्यदलमा रहेका विज्ञले किसानको खेतमा पुगेर अनुगमन गरेपछि केही दिनपछि प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै जोन कार्यक्रम सर्लाहीका प्रमुख रामबलम साहले बताउनुभयो ।

विज्ञ सम्मेलित कार्यदललाई प्रभावित क्षेत्रमा निरीक्षण एवम् छलफल गर्ने, मकैको जात, क्षेत्रफल, प्रभावित किसानको विवरण, बिउ बिक्रेता तथा आयातकर्ताको विवरण सङ्कलन गर्ने, प्राविधिक राय पेस गर्ने, बिउको जातीय शुद्धता पहिचान गर्ने जिम्मेवारी दिइएको छ । आम्दानीको प्रमुख स्रोतका रुपमा रहेको मकै बालीमा दाना नै नलागेर थोते घोगा लाग्दा किसान चिन्तित बनेका छन् ।

मङ्सिर लागेपछि रोपेको मकैमा दाना लागेपनि त्यो भन्दा अगाडि कात्तिकमै रोपेको मकैमा दाना नलाग्ने समस्या धेरै देखिएको किसानले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?