गैह्रीगाउँ सामुहिक हत्या प्रकरण : थप एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रबार राति चार जनाको हत्या भएको घटनामा थप एक जना पक्राउ परेका छन्।

प्रहरीले सिसिटिभी फुटेजमा देखिएका संकास्पद एक युवकलाई आइतबार बिहान पक्राउ गरेको हो।

उनलाई हत्यामा संलग्न भएको आशंका गरिएको छ। पक्राउ पर्नेको परिचय प्रहरीले गोप्य राखेको छ।

हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर घटनाबारे जानकारी दिएका थिए। शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको शव फेला परेको थियो । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ ।

चारैजनाको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ । प्रहरी वरीष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?