हालाण्डको गोलमा सिटीको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले घरेलु टोली क्रिस्टल प्यालेसमाथि झिनो जित निकालेको छ ।

सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको खेलमा पाहुना टोली सिटीले खेलको सुरुदेखि नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो ।

दोस्रो हाफको ७८औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई १-० को जित दिलाए । इल्केए गुन्डोगानलाई माइकल ओलिसले फउल गरेपछि पाएको पेनाल्टीलाई हालान्डले सदुपयोग गरे पछि सिटी विजयी भएको हो ।

सिटीको २६ खेलमा ६१ अंक छ भने क्रिस्टल प्यालेस २७ अंकसहित १२औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?