यस्तो छ–आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा र बिक्री दर १४१ रुपैयाँ ११ पैसा कायम भएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसामा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.०३ रुपैयाँ र बिक्री दर ८४.४२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९९ रुपैयाँ २१ पैसामा कारोबार गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसाले भाउँ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ९० पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँमा खरिदबिक्रीको अनुमति दिएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.०४ पैसा विक्रीदर ४३०.९८ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?