बाढी पीडितलाई राहत वितरण

हिमालय टाइम्स
Read Time = 5 mins

चैनपुर । संखुवासभा समाज हङकङले सहयोग स्वरूप पठाएको रकम बाढी पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । चैनपुरमा शनिबार आयोजित एक कार्यक्रमका बीच बाढी पीडित परिवारका सदस्यहरूलाई उक्त रकम हस्तान्तरण गरिएको हो । संखुवावासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानको आयोजनामा गरिएको उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष टीकार गुरूङको सभापतित्वमा भएको थियो ।

प्रमुख अतिथि चैनपा नगरप्रमुख कृष्णकुमार तामाङ र अतिथिहरूमा उपप्रमुख एलिना श्रेष्ठ, वरिष्ठ समाजसेवी नेत्र गौतमलगायत रहनुभएको थियो । प्रतिष्ठानका तर्फबाट सचिव किरणकुमार शाक्य, सदस्य वीरबहादुर राई, सदस्य ताराबहादुर बुढाथोकीको उपस्थित थियो ।

संखुवासभा समाज हङकङ संखुवासभा जिल्लाबाट हङकङमा गई रोजगारी गर्ने संखुवासभालीहरूको संगठन हो । पूर्व क्याम्पस प्रमुख उपेन्द्रबहादुर कोरंगी, टीबी याख्खालगायत हङकङमा बसेर देश र जिल्लाको माया गर्ने बौद्धि ब्यक्तिहरूको सकृयतामा यो स्थापना भएको हो । यसले हरेक बर्ष हङकङबाट ‘हाम्रो संखुवासभा स्मारिका’ प्रकासन गर्दछ । यस संस्थाका सदस्य तथा सबै संखुवासभालीले गाँस काटेर कोषमा रकम जम्मा गरिरहेका छन् ।

यसअघि पनि यसले सिलिचोङ्, मकालु लगायतका दैवी प्रकोप र आगलागी पीडितको राहत र पुनस्र्थापनासमेत गरेको थियो । संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठान यसैको जिल्लामा काम गर्ने निकाय हो । यसले बिशिष्ट क्षमता र प्रतिभालाई योगदानका आधारमा पुरस्कत गर्दछ । हालसम्म समाजसेवा, उद्योग, कृषि, साहित्य, कला र संगीत क्षेत्रका एक दर्जन प्रतिभालाई १५ हजार नगद र सम्मानपत्रले पुरस्कृत गरिसकेको छ । १३ सदस्यीय यो समितिको नेतृत्व बरूण क्याम्पस प्रमुख टीकाराम गुरूङले गर्नुभएको छ ।

चैनपुर र पाँचखपनका १४ पीडित परिवार उपस्थित रहेको उक्त कार्यक्रममा प्रतिष्ठानले मृतक र वेपत्ता परिवारलाई ४५ हजारका दरले र विस्थापित परिवारलाई २५ हजारका दरले नगदै उपल्बध गराएको हो । पाँचखपनका एक परिवार र सभापोखरीका पाँच परिवार भौगोलिक कारणले खाँदबारी नजिक पर्ने भएकाले खाँदबारीमै वितरण गरिएको प्रतिष्ठानका सदस्य वीरबहादुर राईले जानकारी गराउनुभयो ।

सोही कार्यक्रमका बीच ताराबहादुर बुढाथोकीले सामाजिक सञ्जालमार्फत आहृवान गरेको सहयोगबाट संकलित रकम पनि बितरण गरिएको थियो । स्वयंसहित १० जना दाताले दिएको रकम दातामध्ये प्रेमकुमार राई (नेपाल टेलिकम प्रमुख)ले बुढाथोकीको बैंक स्टेटमेन्ट रूजु गर्दा हुन आएको ३१ हजार रकम दाताहरूको प्रतिनिधित्व गर्दै नवराज कार्कीले वितरण गर्नुभयो । मृतक परिवारलाई तीन हजार, वेपत्तालाई दुई हजारको दरले र विस्थापित परिवारलाई एक हजारका दरले प्रदान गरिएको थियो । बाँकी रकम खाँदबारीमा एउटै कार्यक्रममा वितरण हुने बताइएको छ ।

कार्यक्रममा शिक्षक भरत कुलुङ, पत्रकारहरू पदम अधिकारी, अनिष बिष्ट, नविन गुरूङ, भविन कार्की र प्रेम निरौला उपस्थित हुनुहुन्थ्यो । पीडित परिवारको तर्फबाट काजीलाल तामाङलगायत मन्चासीन अतिथि वक्ताहरूले विशेषतः दाताहरूलाई आशीर्वाद, आयोजकलाई धन्यवाद दिएका थिए । रसिला आँखा पारेर हलमा बसेका पीडितहरूले साँच्चै राहतको महसूस गरेको अनुभूति भएको बताए ।

कार्यक्रममा बुढाथोकी र कार्कीले दाताहरूको नाम, फोटो र सहयोग रकम उल्लेखित ब्यानर नगरप्रमुख र उप प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो । दाताहरूको कल्याणको कामना गर्न आयोजक टोली कार्यक्रम समापन पश्चात सिद्धकालीको दर्शन गरेर फर्केको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?