जुम्लाका किसान भेडापालनप्रति आकर्षित

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । पछिल्लो समयमा जुम्लाका स्थानीयवासि भेडा पालनमा आकर्षण हुन थालेकाछन् । बजारमा उचित रुपमा बढ्दौ भेडाको माग भएसंगै स्थानीयवासि भेडा पालनमा सक्रिया भएका हुन् ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार जिल्लाभर अहिले ८४ हजार ३८८ भेडा रहेकाछन् । बाख्राको संख्या ४६ हजार ३०६ रहेको छ । पाँच वर्षअघि भेडा पालनको संख्या घटेको थियो । अहिले भेडा पालनको संख्या बढेको छ । विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि भेडा पालक किसानलाई निकै सास्ती भएको छ । पहिले यहाँका भेडालाई अछाम, जाजरकोट, कालीकोट, दैलेख, सुर्खेत र दाङसम्म लैजान्थे तर कर लिने गरेका थिएनन् । अहिले संघीय,प्रदेश र स्थानीय सरकार भइसकेपछि विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि भेडा पालक किसान मारमा परेका छन् ।

यहाँ चरन क्षेत्रको कुनै समस्या छैन । जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको छ । कार्यालयबाट विभिन्न प्रकारका भेडा पालक किसानलाई तालिम दिँदै आइएको छ । अहिले किसानलाई एउटा गाउँपालिकादेखि अर्को पालिकासम्म लिए कर उठाउने गरेकोले भेडा लैजान समस्या भएको हाे । भेडापालक किसानलाई यो खालको समस्या नहुने हो भने भेडापालन अझ फस्टाउने देखिन्छ ।

केही वर्ष पहिला यहाँका स्थानीयवासिले घरमा चामल र नुन ल्याउन सुर्खेतदेखी जुम्लासम्म भेडाबाट ल्याउने गरेको तिला गाउँपालिका-१ भेडा पालक किसान लालबहादुर रावतले जानकारी दिनुभयो । अहिले समय परिवर्तन भएको छ । उहीँले एक महिना लगाएर तराईदेखी भेडाबाट खाद्यन्न सामग्रीको दुवानीहुने गरेको थियो । अहिले देशमा विकास निर्माणका पूर्वाधारको विकासदेखी स्थानीय र प्रदेश सरकारले गाउँका ग्रामीण भेगसम्म बाटो निर्माण गरेपछि यातायातका साधन पुगेकाछन् । अहिले भेडाबाट खाद्यन्न र नुनको दुवानी हुन छोडेको यहाँका स्थानीयवासि बताउँछन् । भेडाको ऊनबाट राडीपाखी, कोटको कपडा बुन्नेमा प्रयोग हुँदै आएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?