दिल्ली हस्तकला मेलामा नेपाली व्यवसायी पनि

Read Time = 2 mins

काठमाडौं । नेपाल हस्तकला महासंघले यही सेप्टेम्बर ३ देखि ६ तारिखसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने नवौं संस्करणको एक्जिम बजार २०२२ प्रदर्शनीमा सहभागिता जनाउने भएको छ ।

परम्परागत, समकालीन हस्त शिल्पकला, हस्तकलालगायत विभिन्न कला उत्पादनमा संलग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीलाई प्रदर्शनी तथा बिक्री कार्यक्रममार्फत् वस्तु तथा बजार प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त प्रदर्शनी भारतका विभिन्न शहरमा आयोजना हुँदै आएको छ ।

यसपटक भारतको इण्डिया एक्जिम बैंकको आयोजनामा नेशनल क्राफ्ट म्युजियम एण्ड हस्तकला एकेडेमी नयाँदिल्लीमा हुने प्रदर्शनीमा नेपाल हस्तकला महासंघद्वारा मैनमूर्ति कलाकार मनोज शाक्य, फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्रबहादुर शिल्पकार, रेशाजन्य वस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमूर्ति कलाकार उदिप शाक्य गरी जम्मा पाँचजना सदस्यले प्रतिनिधित्व गर्नेे महासंघका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?