वीपी विचारलाई सबैले व्यवहारमा लागू गर्नुपर्छ : प्रदेश उपसभापति श्रेष्ठ

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले सबैले वीपी विचारलाई सबैले व्यवहारमा लागू गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसद्वारा आयोजित तिजगित प्रतियोगिता एवम् दरखाने कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपसभापति श्रेष्ठले वीपी कोइरालाले दिनुभएको सन्देश जस्तै अहिलेका सबै विद्यार्थी युवाहरु ठुलो होईन असल बन्न जरुरी रहेको बताउनुभयो । वीपी विचार र आदर्शबाट कांग्रेस बिचल्लीत भएकाले सिङ्गो मुलुक नै तरङ्गीत बनेको उहाँले उल्लेख गर्नुभयो ।

भातृ संस्थाहरु र मातृ पार्टी नेपाली कांग्रेस पनि वीपी विचारबाट बिचल्लीत भएको धेरै ठाउँबाट कुरा उठेको भन्दै वीपी विचार, सिद्धान्त र आदर्शलाई सबैले व्यवहारमा लागू गर्न उपसभापति श्रेष्ठले आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?