समाजसेवामा अर्जुन दम्पती

Read Time = 3 mins

काठमाडौं । अमेरिकाको कनेक्टिकट राज्यमा व्यापार, व्यवसाय गर्दै आउनुभएका वरिष्ठ समाजसेवी अर्जुन खड्का विगत चालिस वर्षदेखि अहोरात्र सामाजिक कार्यमा सक्रिय व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ । उहाँलाई यी कार्यका लागि उहाँकी श्रीमती मुइँया खडकाले साथ सहयोग दिँदै आउनुभएको छ ।

नेपाल र नेपालीहरूको हरेक सुख दुःखमा साथ दिँदै आउनुभएका खड्काले बाढी–पीडित, भूकम्पदेखि कोभिडको समयमा समेत सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै पीडित नेपालीहरूको दुःखमा मल्हम लगाउने कार्य गर्दै आउनुभएको छ । शिक्षाबाट वञ्चित धेरै अनाथ बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आउनुभएका खड्का विभिन्न अनाथ आश्रम, वृद्धा आश्रममा पुगेर आर्थिक, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गर्दै आउनुभएको छ । सेवाभावमा समर्पित उहाँ देश विदेशमा रहेका विभिन्न सामाजिक संस्थामा समेत आबद्ध हुनुहुन्छ ।

अमेरिकामा बसेर धेरै असाहय दुःखी पीडित नेपालीका अभिभावक बन्नुभएका खड्काले शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षाको ज्योति फैलाउने र उनीहरूलाई शिक्षित बनाएर मुलुकका सक्षम नागरिक बनाउने कार्य गर्दै आउनुभएको छ । अमेरिकामा सफल व्यवसायी तथा समाजसेवीका रूपमा छुट्टै पहिचान दिलाउन सफल खड्का दुःखी पीडित नेपालीको सारथी बन्न सफल हुनुभएको छ । प्रत्येक महिना नेपालमा अनाथ–असाहय नेपालीलाई सहयोग पठाउने समाजसेवी खड्का आफूलाई समाजसेवामा जीवन समर्पित गर्न चाहनुहुन्छ । समाजको एउटा उदाहरणीय व्यक्तित्वको रूपमा आफूलाई प्रमाणित गर्नुभएका उहाँले काठमाडौंमा मात्र केन्द्रित नभएर दूरदराजमा बसोवास गर्ने दुःखी पीडित नेपालीलाई सेवा गर्ने लक्ष्य लिएको बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?