बुढेसकालमा तन्नेरी जाँगर, परिश्रमी हात भए चल्छ गुजारा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 7 mins

सिन्धुली । माटो र ढुंगाको गाह्रो, काठै काठले छाएको छानो । सिन्धुलीको ऐतिहासिकस्थल हरिहरपुरगढी नजिकै छ । माटो र ढुंगाको गाह्रो भएको घर यदाकदा देखिन्छन् । काठको छानो भएको घर जिल्लामा पहिलो पटक भेटियो ।

घरमा पुग्दा ८० बर्षिय बाबुलाल घिसिङ साँघुरो पिँढीमा बसेर कोसेली बोक्ने सोली बुन्दै हुनुहुन्थ्यो । सोली बनाउँदा प्रयोग हुने बाँसको चोया, चोया तास्ने कर्द, अचानो र पानी साथैमा थियो ।

७८ बर्षिया श्रीमति लक्ष्मी माया घिसिङ उहाँको छेउमै भेटिनुभयो । उमेरले घिसिङ दम्पतीलाई बुढ्यौलीले छोइसक्यो । कपाल फुलेर सेताम्य भइसके । आँखालाई ठम्याउन हम्मेहम्मे पर्छ । शरीरको छाला चाउरिएका छन् । तर, काम गर्ने जोश, जाँगर र उत्साहको तारिफै गरिसाध्य छैन ।
लक्ष्मीले सम्पूर्ण घरायसी कामधन्दा भ्याउनु हुन्छ । श्रीमानलाई चिया, नास्ता, खाना, खाजा दिइने, लुगाा धोइदिनेदेखि सरसफाईसम्मका सबै काम उहाँको थाप्लोमा छ । बाबुलाल यो उमेरमा पनि डोको, डालो, नाङलो, भकारी, मान्द्रो, सोली, बनाउँदै हुनुहुन्छ । बुबा सिंहबहादुरले सिकाएको सीपले उहाँलाई कमाउन बाहिर जानु परेन । दम्पतीलाई जिविका धान्ने आधार अहिलेसम्म पनि यही बनेको छ । परिश्रमी हातमा सीप भए सामान्य जीवन जिउँन समस्या नहुने उहाँको अनुभव छ ।

६८ वर्षअघि प्रतिगोटा पाँच मोहोरमा बेचेको सोली अहिले एक हजारमा नपाइने ज्येष्ठ नागरिक बाबुलाले बताउनुभयो । भन्नुभयो, ‘पहिले प्रतिगोटा पाँच मोहोरमा बेचेको सोली अहिले एक हजारमा पाइँदैन ।’

आधुनिक प्रविधिको विकास भएसँगै यस्ता पराम्परागत सिप लोप हुँदै गएकाले यसको मुल्य र महत्व बढेको उहाँको भनाई छ । सवारीसाधनको सहजै पहूँच भएको ठाउँमा भने आधुनिक प्रविधिको प्रयोगले पराम्परागत सीप ओझेलमा परेको तथा लोपहुँदै गएको उहाँले बताउनुभयो ।
उमेर ढल्के पनि बाबुलालको फूर्तिफार्ती असाध्दै उर्जावान छ । लय हालेर उत्साहले भरिएको स्वरमा उहाँले भन्नुभयो, ‘तामाङ सधैँ सोली, वाइही ! बामन सधैँ डोली, तामाङको विहेवारीमा कोसेली बोक्न सोली नभई हुँदैन । क्षेत्री बाहुनलाई विहेमा डोली चाहिन्छ ।’

दुखैदु:खको भेलमा पनि पौडिएर सुखको अनुभूति लिन सक्ने याे दम्पतीमा कला छ । बाबुलाल गीत गाउन, नाच्न, गफिन रमाइलो मान्नुहुन्छ । ऐतिहासिकस्थल हरिहरपुरगढी घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकसँग उहाँ घन्टौँ गफिने गरेकाे सुनाउनु हुन्छ ।

तामाङले सोलीमा रक्सी, चिउरा, सेल, बाबर, कुखुरा जस्ता कोसेली बोक्न प्रयोग गर्दछन् । एउटा सोली तयार गर्न एक साता लाग्ने भएकाले मागअनुसार पुर्याउन भ्याईनभ्याई हुन्छ उहाँलाई । ‘घरैमा बनिदिनु भनेर अडर गर्न आउँछन्, त्योअनुसार पुर्यायन भ्याइदैन,’ उहाँले भन्नुभयो ।
यातायातको सहज पहूँच पुगेको ठाउँमा यस्तो चलन एकदेशको कथा जस्तो भएपनि दुर्गम क्षेत्रमा अझै कायम रहेको र यसको महत्व बढिरहेको उहाँको धारणा छ ।

घिसिङ दम्पतीका पाँच छोरी र दुई छोरा छन् । साथमा एक जना पनि छैनन् । सबै आ–आफ्नो व्यवहारीक फन्दामा छन् । २०३३ सालमा काठैकाठले छाएको छानो आजभोली चुहिन थालेको छ । माटो र ढुंगााको गाह्रो फुटेर चिराचिर बन्दै गएको छ । दम्पतीलाई यसको कुनै प्रवाह छैन ।

दुखैदु:खको भेलमा पनि पौडिएर सुखको अनुभूति लिन सक्ने याे दम्पतीमा कला छ । बाबुलाल गीत गाउन, नाच्न, गफिन रमाइलो मान्नुहुन्छ । ऐतिहासिकस्थल हरिहरपुरगढी घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकसँग उहाँ घन्टौँ गफिने गरेकाे सुनाउनु हुन्छ ।

हरिहरपुरगढीसम्म आउने बाटो व्यवस्थित नभएकाले पर्यटक तथा यहाँका स्थानीयबासिलाई पनि समस्या भएको उहाँले बताउनुभयो । यस क्षेत्रको विकासका नाममा वर्षेनी लाखौँ खर्चिने गरेको तर खर्च गरेअनुसार विकासले गति नलिएको उहाँले गुनासो गर्नुभयो ।

मानवीय चेतना तथा विकासका हिसाबले अतिनै पिछडिएको यस क्षेत्रमा ऐतिहासिक हरिहरपुरगढी दरबार समेत रहेकाले चार सय वर्ष अगाडि नै मानिसको बसोबास गरेको किबदन्ती छ ।

‘हरिहरपुरगढी संरक्षण, प्रर्वद्धन र यस क्षेत्रको विकासका लागि भनेर धेरै पैसा खर्च भएको सुनिन्छ, तर, यहाँको अवस्थामा खासै परिर्वतन देखिएन,’ उहाँले भन्नुभयो ।

हरिहरपुरगढी गाउँपालिका-१ मा अवस्थित हरिहरपुरगढी फेदमा घिसिङ परिवारको घर छ । मानवीय चेतना तथा विकासका हिसाबले अतिनै पिछडिएको यस क्षेत्रमा ऐतिहासिक हरिहरपुरगढी दरबार समेत रहेकाले चार सय वर्ष अगाडि नै मानिसको बसोबास गरेको किबदन्ती छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kailash K Shrestha
Kailash K Shrestha
2023-04-05 7:15 pm

is it possible to send his contact no to 9823490390?
Thank You

रिलेटेड न्युज

छुटाउनुभयो कि ?