जुम्लाबाट २१ हजार मेट्रिक टन स्याउ निर्यात

फाइल तस्बिर

विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लाबाट २१ हजार मेट्रिक टन स्याउ निर्यात भएको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन भएको स्याउ मंगरबारसम्म २१ हजार ११० मेट्रिक टन स्याउ बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । कार्यालय प्रमुख अधिकारीले भन्नुभयो,“ गतवर्ष भन्दा यो वर्ष स्याउ ४० प्रतिशतले उत्पादनमा घटेको छ । स्याउ खेती गर्ने किसानको संख्या भने बढेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । ”

जिल्लामा कुल स्याउ उत्पादनको विवरण सङ्कलन भइरहेको छ । अबको केही सातापछि जिल्लाभरको स्याउ उत्पादनको पुरै विवरण सार्वजनिक गरिने कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताउनुभयो ।

जिल्लामा अहिले जुम्ली, इटाली, गाला, गोल्डेन, फुर्जी र जोनाप्रिन्स लगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका प्रमुख खेमराज शाहीको भनाइ छ । स्याउ लिनका लागी स्थानीय व्यापारी उद्यमी र समुहलाई ५० प्रतिशत अनुदानमा स्याउका काटुन कार्यालयले वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।

किसानको बगैँचाबाट प्रतिकेजी रू ६० मा स्याउ खरिद गरेर करिब ८० क्विन्टल स्याउ दाङ लिएर बिक्री गरेको स्थानीय व्यापारी तुल तिरुवाले बताउनुभयो । जिल्लाको सिंजा भेगमा परिपक्का स्याउ खरिद गर्ने व्यापारी किसानको बगैंचामा पुग्ने गरेका छन् । भदौको दोस्रो सातापछि मात्र स्याउ टिप्न किसानलाई परिपत्र समेत गरेका थियौ । सिंजा गाउँपालिका कृषि शाखाका प्रविधिक दलविर वडले भन्नुभयो,“ अहिले यहाँका किसानलाई स्याउ टिप्न चटारो परेको छ । व्यापारीले स्याउको गुणस्तरीयता हेरेर प्रति केजीको ५० देखी ६० रुपैयाँमा किन्ने गरेका छन् । ” जिल्ला भर स्याउको मुल्यदर एकरुपता कायम नहुदाँ किसानले उचित मुल्य पाउन नसकेको कृषि प्राविधिक वडले जानकारी दिनुभयो ।

नेपाली नारीहरुको महान पर्व हरीतालिका तीज नजिएसंगै स्याउको माग सुर्खेत, नेपालगंज, दाङ, धनगढी र बुटवलसम्मका व्यापारीबाट माग आउने गरेको स्थानीय स्याउ व्यापारी युवराज न्यौपानको भनाइ छ । किसानले आफ्ना स्याउ बगैंचाका उचित गोडमेल तथा काटछाँट गरेको खण्डमा स्याउ उत्पादनमा वृद्धि हुने र स्याउमा लाग्ने विभिन्न रोगको समेत न्यूनीकरण तथा रोकथाममा सावधानी अपनाउन आवश्यक रहको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुस्मा बुढाले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालयका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गत साउन महिनाको पहिलो साता भित्र जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?