नेम्वाङको भोलि बिहान ११ बजे राजकीय सम्मानसाथ अन्त्येष्टि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा(एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने भएको छ ।

हाल नेम्वाङको पार्थिव शरीर पार्टी कार्यलयबाट निजि निवास बालुवाटारमा राखिएको छ ।

सोमबार राति निधन हुनुभएका नेम्वाङका दुबै छोरा विदेशमा रहेकाले उहाँको अन्त्येष्टि भोलि हुने भएको हो ।

पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो ।

एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार भोलि विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ ।

उहाँको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन एमालेबाट अनुरोध गरिएको छ ।

त्यसअघि शवयात्रा हुने । शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल–महाराजगञ्ज–नारायणगोपाल चोक– धुम्बाराही– चाबहिल– गौशाला हुँदै पशुपति आर्यघाट हुने जनाइएको छ ।

सरकारले भोलि नेम्वाङको सम्मानमा सार्वजनिक बिदा दिने भएको छ । उहाँको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने सरककारले निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?